बजार अनुगमनका लागि उपसमिति गठन

असोज २५, काठमाडौं । चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले छठपर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार चाडपर्वमा अधिकांश स्थानमा कालोबजारीमा वृद्धि हुने कुरालाई ध्यानमा राख्दै अनुगमनका लागि उपसमिति गठन गरिएको हो ।

चाडपर्वमा अधिकांश सांसदहरु जिल्ला फर्कनु हुने र सबैको ध्यान बजारतिर नपुग्ने हुँदा बजारको अवस्था तथा निरन्तर अनुगमनका लागि उपसमिति गठन गरिएको सभापति श्रीवास्तवले बताउनुभयो । उनका अनुसार सो उपसमितिले प्रशोधित खानेपानी तथा नूनको मूल्यमा भएको वृद्धिलगायतका विषयमा अनुसन्धान गर्नेछ । उपसमितिमा नेकपाका दिलकुमारी र मायादेवी न्यौपाने, नेपाली काँग्रेसका प्रकाश रसाइली ९स्नेही० र सुजाता परियार सदस्य रहेका छन् । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..