
पाल्पा । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।
बर्षामा खसेको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग बिहानदेखि दैनिक तीन घण्टा बन्द गरेको छ ।
पाल्पा बर्तुङ्देखि सिद्धबाबा चिडियाखोला सडकखण्डका विभिन्न भागमा खसेका पहिरो पन्छाउन चारदिनसम्म दैनिक तीन घण्टा सडक बन्दगर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
राजमार्गको ३५ किलोमिटर क्षेत्रमा दुई दर्जन बढी स्थानमा वर्षा याममा पहिरो खसेको थियो । राजमार्गका ६ भन्दा बढी स्थानमा सडक भासिएको छ ।
चुनढुंगा खानी उद्योग सञ्चालनमा आएको र दसैंका लागि सवारी साधनको चाप पनि बढेकाले पनि थप सवारी जाम हुने गरेको छ ।
Loading...