थाहा पाउनुहोस् एक दम्पत्तीको भावुक काहानी: २२ बर्ष देखि ढलमा बास

एजेन्सी – एक दम्पत्ती जसले २२ वर्षदेखि ढलमै जिवन गुजारा गर्दै आएका छन् ।  कोलम्बियाको राजधानी मेडेलिनको सडकको ढलमा बस्दै आएका उनीहरुको न परिवार थियो न कोही आफन्छ । दुवै एकै साथ बस्दा यनीहरुको जिन्दगीमा धेरै सुधार आएको छ । तर उनिहरुले यो ढलको पाइप छोड्ने विषयमा यीहरुले कहिले सोचेनन् ।

उनीहरुको ढलको घरमा आवश्यक सवै सुविधा छन् ।मारिया गार्सिया आफ्ना पति मिगुएल रेस्ट्रेपोसँग पहिलो पटक मेडेलिन को सडकमा भेट भएको थियो । जब मारियाको भेट मुलाकात मिगुएलबाटसँग भयो त्यो समय दुवैको अवस्था उस्तै थियो । यी दुवैलाई ड्रग्सको कुलत थियो । यीहरुलाई यो लत यति बढेको थियो की दुवै आफ्नो जिन्दगिको अन्त्य चहान्थे ।

जब दुवै सँगै जिन्दगी विताउने सोच बनाए तब कुलत पनि त्याग गरे । उनीहरु मेडेलिनको सडकमा बस्न थाले । जहाँ यी दुइ बस्थे त्यहाँ लागुपदार्थ तस्करी गर्ने अखडा थियो । त्यो समयमा उनीहरुलाई ढलको पाइपमा बस्ने ठाँउ मिल्यो ।

यीनीहरुको यो लागि ढलको घरमा बिजुली पनि छ । एक सानो किचन पनि छ । उनीहरुले टिभी पनि राखेका छन् । उनीहरुले आफ्नो घर सुन्दर तरिकाले सजाएका छन् । उनी भन्छन् की उनीहरु बसेको एरीया निकै शान्त छ । उनीहरुले एउटा कुकुर पनि पालेका छन् । जसको नाम व्लकी हो । व्लकी उनीहको साथी जस्तै हो र घरको हेरचाह उसले गर्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..