काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल र होटल आइसोलेसन सेन्टर बनाउने निर्णय

असोज २६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ भने अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटललाई आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने निर्णय गरको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

त्यस्तै बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न नपाइने जानकारी दिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..