आइपीएलमा बेंगलोरसँग कोलकाता ८२ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्स ८२ रनले हराउदैं पाँचौ जित निकालेको छ।

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो। कोलकाताका सुभम गिलले सर्वाधिक ३४ रन जोडे। बेंगलोरका क्रिस मोरिसले २ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो। बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ७३ रनमा अविजित रहे। कप्तान विराट कोहली ३३ रनमा अविजित रहे। आरोन फिन्चले ४७ रन बनाए।

कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि बेंगलोरले बलियो योगफल तयार पारेको थियो। बेंगलोरले अन्तिम पाँच ओभरमा कुनै विकेट नगुमाई ८३ रन जोड्न सफल भयो।

कोलकाताका लागि आन्द्रे रसेल र प्रसिद्ध कृष्णाले १÷१ विकेट लिए । बेंगलोरका एवी डिभिलियर्स म्यान अफ द म्याच चुनिए।

जितसँगै बेंगलोर १० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई, दिल्लीको पनि समान समान १० अंक छ। समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको हो। कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..