कर्णालीमा मुख्यमन्त्री शाही र प्रकाश ज्वाला समूहबीच सहमति, कुर्मराज शाही सचेतक नियुक्त

असोज २७, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि प्रकाश ज्वाललगायत सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।

यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन्, भने प्रमुख सचेतक गुलावजंग शाहले बोलाएको बैठकमा पूर्व माओवादीका ३ जना र माधव नेपाल समूहका ७ जना बैठकमा सहभागी हुने छैनन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका छन् । प्रमुख सचेतक गुलावजंग साहले बोलाएको बैठकमा अविश्वासको प्रस्ताव पनि असफल हुनेछ । पूर्व माओवादी र माधव नेपाल समूह मिल्दा मुख्यमन्त्री महेन्द्र बहादुर शाही बहुमतमा हुनेछन् । ओली गुटका नेता यमलाल कँडेललाई ठूलै झटका लागेको छ । उनी मुख्यमन्त्री बन्ने गरी गरेका सबै हर्कत असफल हुने देखिएको पूर्व एमालेकै माधव नेपाल समूहका विद्रोही संसद्हरुले बताएका छन् ।

कुर्मराज शाही सचेतक नियुक्त

कर्णाली प्रदेशका दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलको सचेतकमा विद्रोही टिममा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेत नियुक्त गरेका छन् । यो सँगै अविश्वास प्रस्तावका नेतृत्व गरिरहेका यमलाल कँडेल अल्पमतमा परेको छ । अविश्वासको प्रस्ताव तुहिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..