पार्टी एकतामा लाग्ने सबैलाई बधाई – अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले कर्णालीमा अराजनीतिक गतिविधिमा संलग्न समूह पराजित भएको जनाएको छ। प्रचण्डका स्वकीय सचिव गंगा दाहालले पार्टी एकताको पक्षमा भूमिका खेल्ने सबैलाई बधाइ दिँदै अराजनीतिक प्रवृत्ति पराजित भएको बताएउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको बताउनु भएको छ । उहाँले पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पूर्ण कमरेडहरुलाई बधाई दिनु भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्धमा प्रदेश सांसद यामलाल कंडेल लगायतको समूहले अविश्वासको प्रस्ताव तयार पारेपछि नेकपाभित्र नयाँ तरंग देखिएको थियो। अविश्वासको प्रस्ताव तयार भएपछि त्यसलाई समाधान गर्न सोमबार र मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डले निर्णायक भूमिका खेलेका थिए।

प्रचण्डको पहलकदमीपछि अन्ततः कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टरेको छ। अविश्वासको प्रस्ताव असफल भएपछि प्रचण्डका स्वकीय सचिव दाहालले पार्टीभित्र अराजनीतिक प्रवृत्ति असफल भएको टिप्पणी गर्नु भएको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..