देशभरमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा २१२९ जना

असोज २७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ५५७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सक्रिय संख्या ३५९१५ जना रहेको छ ।
कोरोना भाइरस संक्रमणबाट विरामी भएका विरामीहरु आइसियू र भेन्टिलेटरमा ह्वातै बढेको छ । जसअनुसार आईसीयू उपचाररतमा ३०७ जना छन् भने भेन्टिलेटरमा पनि अत्याधिक विरामीको चाप बढेको देखिन्छ, जसमा भेन्टिलेटरमा ६६ जना रहेका छन् ।

देशभरमा हालसम्म ७८ हजार ७७८० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५०३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २१२९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १७४६, ललितपुरका २१६ र भक्तपुरका १६७ जना छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..