आज नेप्से पुनः ओरालो यात्रामा

असोज २७, काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९।४२ अङ्कले घटेर एक हजार ५६८।५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।७० बिन्दुले घटेर ३११।४१ मा झरेको छ । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार पुनः ओरालो लाग्न थालेको छ । त्यसको प्रभावस्वरुप आज कारोवार रकममा समेत गिरावट आएको छ ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १।४९, उत्पादन १०।८४ र सामूहिक लगानी कोष ०।०५ ले बढेको छ । यस्तै, बैंकिङ ७।७, होटल १०।०६, विकास बैंक ८।५६, जलविद्युत् २७।८४, वित्त १६।३, निर्जीवन बीमा ४८।४१, अन्य १।५१, लघुवित्त १३।६३ र जीवन बीमा ३८।९४ ले ओरोलो लागेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड २६ लाख २१ हजार ४७३ बराबरको कारोवार भयो । यस्तै, ज्योति विकास बैंक रु ११ करोड सात लाख एक हजार ४०४, मुक्तिनाथ विकास बैंक रु आठ करोड ५३ लाख ७० हजार १६७, नेपाल पुनरबीमा कम्पनी रु छ करोड ३२ लाख ८९ हजार ४००, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ४६ लाख ७४ लाख ७४ र नेपाल बैंकको रु पाँच करोड २४ लाख ७१ हजार ४५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज ज्योति विकास बैंक ४।८३, लक्ष्मी उन्नति कोष, ३।३३, युनिलिभर नेपाल ३।०९, एनआइबिएल प्रगति फण्ड २।३६, सिटिजन म्युचअल फण्ड १।७६ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले १।५५ प्रतिशतले कमाए । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ८।७२, दिव्यश्वरी हाइड्रोपावर ७।५०, खानीखोला हाइड्रोपावर ७।२६, रिडी हाइड्रोपावर ७।२२, घलेम्दी हाइड्रो ६।७७, समृद्धि फाइनान्स ६।५४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६।३५ प्रतिशतले गुमाएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..