कर्णालीमा नेकपा अविश्वासको प्रस्ताव : मुख्यमन्त्री सहित प्रदेशका नेताहरुलाई काठमाडौं बोलाइयो

कर्णालीमा नेकपा अविश्वासको प्रस्ताव : मुख्यमन्त्री सहित प्रदेशका नेताहरुलाई काठमाडौं बोलाइयो 1

असोज २७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएका छन् ।

कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली(प्रचण्डको छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो । सबै नेताहरुलाई बिहीबार काठमाडौं आउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र गुलावजङ्ग शाहलाई पनि काठमाडौं झिकाइएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।

आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल(प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।

माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । माधव नेपाल पक्षको सहमतिले गर्दा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..