
काठमाडौं । कर्णाली प्रदेशको नेकपामा देखिएको राजनीतिक सङ्कट समाधानका लागि शीर्ष नेताहरु काठमाडौंमा छलफलमा जुटेका छन् ।
आज दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेतामाधव कुमार नेपालबीच आन्तरिक र दुई पक्षीय छलफल हुँदैछ । भोलि छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री र नेताहरुलाई काठमाडौं बोलाइएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सात जना प्रदेशसभा सदस्यहरु पछि हटेपछि राजनीतिक सङ्कट तत्कालका लागि टरेको हो ।
मुख्यमन्त्री शाही र ७ जना सांसदबीच सहमति भइसकेको छ । सहमति अनुसार तीन जना मन्त्री र एक जना संसदीय दलको सचेतक असन्तुष्ट समूहले पाउने भएको छ । अध्यक्ष ओली समुह दवावमा परेको छ ।
Loading...