प्रधानमन्त्री ओलीको निकट मानिने डिसीको कारण नेकपा आबद्ध चलचित्रकर्मीमा असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिने जनसास्कृतिक महासंघको घटक संगठन चलचित्रकर्मी संघका अध्यक्ष दिनेश डिसीको कारण चलचित्रकर्मीहरुमा असन्तुष्टि बढेका छन् । नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन जनसास्कृतिक महासंघको एकता पूर्णरुपमा अझै टुङिएको छैन । तर यसको घटक चलचित्रकर्मी संघमा असन्तुष्टिको पारो बढ्दै गैरहेको छ । सात वटा घटक रहेको सो महासंघमा एकता गर्दा ३ पूर्व माओवादी र ४ पूर्व एमालेले लिने सहमती हुँदा प्रधानमन्त्रीसँग निकट मानिएका दिनेश डिसिले चलचित्रकर्मी चाँही पूर्व एमालेको भागमा पार्न लागि परेको र तत्कालिन अध्यक्ष केशब भट्टराईलाई बोर्डमा पठाउन आफुले सहयोग गर्ने र चलचित्रकर्मी संघको अध्यक्ष आफुलाई बनाउन सहयोग गर्नु पर्ने सर्त राखी भट्टराई बोर्डमा गएपछी दुबै पार्टी को संयुक्त संगठनको संंयाेजक बन्न सफल भएका थिए ।
माओवादीले उदय सुब्बालाई सहसंयाेजककाे रुपमा पठाएको थियो । माओवादीका सिनियर चलचित्रकर्मीहरु प्राय महासंघको केन्द्रिय सदस्य भएको र चलचित्रकर्मी संघमा जुनीयर चलचित्रकर्मीहरु प्राय भएकोले अहिले सो संघ दिनेश डिसिले काम केही नगर्ने तर बिभिन्न नियुक्ती तथा पेशगत संस्थाहरुको चुनावमा बर्गाय भन्दा पनि ब्यक्तिगत सम्बन्धको आधारमा कुनै बिधी र पद्दती बिना मनलाग्दो गरिरहेको, कान्तिपुर टिभी र एफएमको स्टेसन म्यानेजर र प्रधानमन्त्रीसँगको बिशेष सम्बन्धको कारण महासंघका नेताहरुलाई पनि प्रभाब पारेको कारणले महासंघ तथा चलचित्रकर्मी संघ पदाधिकारीहरु खासै बोल्न नसकेको असन्तुष्टहरुको आरोप छ ।
केपी पाठक,शुभास गजुरेल,राजु केसी,कृष्ण ढुंगाना,चेतन सापकोटा,बिमल केसी डब्बु छेत्री,भुपेन्द्र खड्का,कुमार महर्जन,प्रमोद भण्डारी,शंकर दुलाल लगायतका चलचित्रकर्मीहरु भेट्घाट गरी डिसीको यस्तै रबैया कायाम रहने हो भने यो समस्यालाई अध्यक्ष प्रचन्डसम्म पुर्याउने र सुनुवाई नभए पहिलेकै अखिल नेपाल चलचित्रकारीमी संघलाई पुन पुनर्गठन गरी चलचित्रमा समाजवाबादी आन्दोलनलाई अघी बढाउने सहमती गरेका छन ।

असन्तुष्टिको कारणहरु 
१. संयाेजक डिसिले एकताको भाब दिने कुनै व्यबहार नदेखिएको ।
२. चलचित्र निर्देशक समाजको चुनावमा आफ्नो संगठनबाट अध्यक्षको लागि सिनियर चलचित्रकर्मी राजु केसी लाई उठाउन अधिकांश सदस्यको इच्छा बिपरित राजनीतिक फरक राजनीतिक बिचारको ब्यक्तिलाई बिभिन्न प्रपञ्च गरी सघाएको तर मिडियामा आफ्नो संगठनमा योग्य ब्यक्ती नभएर अरुलाई सघाएको अभिब्यक्ती दिएकोले त्यस सम्बन्धमा चुनावपछि समिक्षा बैठक समेत नराखेको ।
३. काम परेर सदस्यहरुले फोन गर्दा कहिले न उठाउने र कल ब्याक पनि नगर्ने ।
४. कोरोना महामारी र बिपदको समयमा सत्तारुड दलको संगठनको हैसियतले पहल गरी सरकारी कोषबाट अप्ठेरोमा परेका चलचित्रकर्मिलाई राहत बितरण नेतृृृृृृत्व गर्न पर्नेमा आफ्नै पीडित सदस्यहरुलाई समेत बेवस्ता गरेको ।
५. चलचित्र बिकास बोर्डको अध्यक्षमा संगठनले दयाराम दाहाललाई सिफारी गरेको भन्ने बाहिरबाट सुनेको तर संगठनमा अधिकारिक निर्णय नगरेकोले यो ब्यक्तिबादी र मनोमानी निर्णय किन मान्ने ।
६. बिकास बोर्डको सदस्यलाई आफुले ब्यक्तिगत रुपमा पठाएको सन्देश दिई बोर्ड अध्यक्षबाट आफु अनुकुल निर्णय गराएको र मावोबादीलाई पुरै बेवास्त गरिएको ।
७. बिकास बोर्डले सातै प्रदेशमा चलचित्र छायाङ्कन स्थल समिती गठन गर्दा पनि पूर्व एमाले,रा.प्र.पा र काङ्रेसलाई सो समितिमा राखेको तर पूर्व मवोबादिलाई बेवास्ता गरिएको ।
८. बोर्डका बिभिन्न उपसमितिहरुमा पनि एक पक्षीय रुपमा आफ्न मान्छेहरु मात्रै राखिएको हुनाले ब्यक्ति बिशेषले संगठनिक पद्दती बिपरित सिफारिश गरेको र ब्यक्ती बिशेषको चाहनामा मात्र चल्ने बिकास बोर्डका अध्यक्ष दयराम दाहाल लाई किन सहयोग गर्ने भन्ने पनि प्रश्न उठेको ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..