आइपीएल क्रिकेटः पन्जाबसँग बेंगलोर ८ विकेटले पराजित

काठमाडौं । किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ। बिहिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको हो।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। पन्जाबको जितमा कप्तान लोकेश राहुल ६१ रनमा अविजित रहे। जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५३ रन बनाए । बेंगलोरका युजभेन्द्र चहलले १ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो।
जसमा विराट कोहलीले सर्वाधिक ४८ रन बनाए। पन्जाबका मिुरुगन आश्विनले मोहम्मद शामीले २/२ विकेट लिए।

जिते पनि किंग्स इलेभेन पन्जाब अंकतालिकाको पुछारमै रहेको छ। पन्जाबको ८ खेलमा ६ मा हार र २ मा जित सहित ४ अंक रहेको छ। बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्र्तगत शुक्रवार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..