यस्तो रहेछ यौन सम्बन्धका लागि उपयुक्त समय

के तपाईलाई थाहा छ सेक्सका लागि उपयुक्त समय ? कुरा अजिवको लाग्न सक्छ । तर बेलायती नागरिकको कुरा गर्ने हो भने राति १०.१५ बजेको समय सेक्सका लागि सबैभन्दा उत्तम हुन्छ । किनभने करिब आधा बेलायती यतिबेला आफ्ना प्रेमीसंग अन्तरंग क्षण विताइरहेका हुन्छन्।

द डेली एक्सप्रेसमा प्रकाशित समाचारअनुसार केही शोधकर्ताहरुले ५ हजार मानिसमा गरेको सर्भेक्षणबाट यो परिणाम निकालेका हुन्। तर १०.१५ को समय नै सेक्सका लागि किन उपयुक्त ? अधिकांश बेलायती पुरुषको जवाफ थियो( रात १०.३० बजे फुटबलका हाइलाइट्स कुनै व्यवधान बिना हेर्न सकियोस्।

सर्भेको नतिजाअनुसार सेक्सका लागि दोस्रो उपयुक्त समय हो शुक्रबार राति ९ बजे र तेस्रो सबैभन्दा उत्तम समय हो आइतबार बिहान ९.३० बजे।

तर के अन्तरंग क्षणलाई पहिला नै समय तय गरेर राख्न सकिएला ? यो सर्भे गराउने साइटका प्रवक्ता भन्छन्, यस सर्भेबाट थाहा हुन्छ कि मायाप्रेम खत्तम भइसक्यो । अब मानिसहरु आफ्नो सुविधाअनुसार सेक्स गर्दछन्। आज मानिसको जीवनमा सेक्सको अधिक महत्व रहेन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..