ललितपुरमा शुक्रबार ४८६ जना कोरोना संक्रमित थपिए

ललितपुरमा शुक्रबार ४८६  जना कोरोना संक्रमित थपिए 1

काठमाडौं । ललितपुरमा शुक्रबार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ललितपुरको ६ वटा स्थानीय तहमा यति धेरै सख्यामा कोरोना संक्रमित थपिएको हो ।
ललितपुरको ललितपुर महानगरपालिका मात्र ३ सय ७० जना थपिएका छन् । महानगरमा महिला १ सय ७२ जना र पुरुष १ सय ९८ जना रहेका छन् ।
महालक्ष्मी नगरपालिकामा ८९ जना रहेका छन् । गोदावरीमा २५ जना रहेका छन् । कोज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिका १–१ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अहिले जिल्लामा २ हजार ८ सय ८१ जना सक्रिय कोरोना संक्रसिमत रहेका छन् । जिल्लामा अहिले ५ हजार ७ सय ४६ जना संक्रमित रहेका छन् ।
संक्रमितमध्ये २ हजार ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । भने ४८ जना कोरोनाको कारण मृत्यु भएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..