उदयपुरमा स्कोर्पियो दुर्घटना पाँच जनाको मृत्यु, तीन जना घाइते

उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका र उनीहरुको पनि अवस्था अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको गाडी गए राती दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मादासले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान खुलेपनि अरुको पहिचान हुन बाँकी छ ।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..