नेकपा कर्णालीको विवाद दुइ अध्यक्ष मिलेर टुङ्ग्याउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिनुभएको छ ।

हिजो सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताउनुभएको भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाइ पनि छलफलका लागि बालुवाटारमा बोलाउनुभएको भएपनि प्रचण्ड भने बालुवाटार जानुभएन । प्रचण्डले कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाउनुभएको थियो ।

नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद बाहिर आएको थियो । तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ ।

प्रचण्डले यसअघि नै दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुन्नुभएको थियो भने भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिनुभएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..