देशभरमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा १६९८ जना

कातिक २, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १४,८७५ जनाको पिसिआर परिक्षण गर्दा देशभरबाट बुधबार २ हजार ९ सय ४२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ निको भएका छन्।

प्रवक्ता डा. गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सक्रिय संख्या ३९३४१ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा १४६९, भक्तपुर ६९ र ललितपुरमा १३० रहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..