कातिक २ गतेदेखि कोरोना (कोभिड-१९) विरामीको उपचार खर्च नबेहोर्ने निर्णय

कात्तिक २, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेकोछ । यो निर्णय कातिक २ गतेदेखि सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने जनाएको छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गर्ने जानकारी दिएको छ ।

‘सरकारले आफ्नो मापदण्ड भन्दा बाहेकका सबै कोरोनाका विरामीलाई परीक्षण तथा उपचार विरामीले आफ्नै खर्चमा गर्ने गराउने निर्णय गरेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..