कर्मचारीलाई कोरोना भएपछि प्रेस काउन्सिलका सेवा प्रभावित

काठमाडौं । प्रेस काउन्सिल नेपालले आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरी बाहेक अन्य सेवा स्थगित गरेको छ।

एकजना वरिष्ठ अधिकृत, दुईजना वरिष्ठ सहायक र एकजना सवारीचालकसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले सेवा स्थगित गरेको हो।

संक्रमितहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका केही कर्मचारीहरूमा पनि रुघाखोकी तथा ज्वरो आउनेलगायत कोरोना संक्रमणका लक्षण देखिएको काउन्सिलले जनाएको छ।

हालसम्म स्वस्थ्य रहेका कर्मचारीहरूले आ-आफ्नै घरबाट अनलाइन उजुरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरी बाहेक अन्य सेवा स्थगित गरिएको काउन्सिलले जानकारी दिएको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..