ल मानिसको कानको आकार हेरेर थाहा पाउनुस्, कस्तो कान हुनेको कस्तो हुन्छ स्वभाव ?

समुद्रशास्त्रका अनुसार मानिसको शरीरका हरेक अंगले उसको स्वभावका बारेमा अवश्य केही न केही बताउने गर्दछ । अर्थात यदि कुनै मानिसको शरीरमा पूर्णरुपमा ध्यान दिने हो भने उसका बारेमा धेरै कुरा सजिलै थाहा पाउन सकिन्छ ।

समुद्रशास्त्रका अनुसार कान पनि एउटा त्यस्तै अंग हो, जसले कुनै पनि मानिसको स्वभाव राम्रोसँग व्यक्त गरिरहेको हुन्छ। कान मानिसको चौथो ज्ञान इन्द्रीय हो । यसको एक भाग शरीरबाहिर देखिन्छ भने अर्को भाग शरीरभित्र हुन्छ ।

सानो कान

जुन मानिसको कान केही सानो हुन्छ, त्यस्ता मानिस बलशाली हुन्छन् । उनीहरुलाई विश्वास गर्न सकिन्छ। यस्ता मानिस कला क्षेत्रमा पनि रुची राख्छन् । यस्ता मानिस मिलनसार हुन्छन् । यस्ता मानिसहरु धनवान पनि हुन्छन् ।

ठुलो कान

ठुलो कान हुने व्यक्तिहरु कर्मठ र व्यवहारिक हुन्छन् । तर यस्ता मानिस रिसालु पनि हुन्छन् । यस्ता मानिसलाई कुनै पनि काममा ढिलासुस्ती र लतपत मन पर्दैन । यस्ता मानिस सबै काम व्यवस्थित तरिकाबाट गर्नुमा विश्वास गर्दछन्।

चौडा कान

चौडा कान हुने मानिस आफ्नो जीवनमा सुख, समृद्धि, एश्वर्य प्राप्त गर्दछन् । साथै यस्ता मानिस अवसरवादी पनि हुन्छन् । त्यसैले यस्ता मानिसको साथी निकै कम हुन्छ । यस्ता मानिस पढेलेखेका र कुनै उच्च पदमा हुन्छन्।

माथितिर उठेको कान

यदि कुनै मानिसको कान माथितिर उठेको छ भने यो लज्जा, शरम र संकोचको लक्षण हो । यदि कान गर्दनतिर झुकेको भने सतर्कता, सावधानी, शंका र मौन प्रवृत्तिको संकेत हो ।

बिचमा दबेको कान

यदि कुनै मानिसको कान बिच भागमा दबेको छ भने त्यो अपराधिक प्रवृत्तिको संकेत हो । यस्ता मानिस आफ्नो व्यवहारका कारण सधैं अरुलाई दुःख बनाउने खालका हुन्छन् । मानिसहरु यस्ता व्यक्तिसँग कुनै सम्बन्ध राख्न चाहँदैनन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..