नेकपाका दुई अध्यक्ष छलफल : कर्णाली अविश्वासको प्रस्ताव विवाद समाधानको विषयमा सहमति, प्रक्रियामा दुई प्रेस नोट

काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवादका विषयमा पार्टीका अध्यक्षद्वयबीच कुनै सहमति नजुटेको प्रचण्ड सचिवालयले स्पष्ट पारेको छ ।
यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुबै अध्यक्षबीच चारवटा बुँदामा सहमति भएको भन्दै प्रेस नोट सार्वजनिक गरेका थिए । थापाले जारी गरेको नोटमा दुबै अध्यक्षबीच ‘कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गरि पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र,
अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको’ उल्लेख थियो ।
तर प्रचण्ड सचिवालयले भने थापाले भनेजस्तो कुनै पनि सहमति नभएको स्पष्ट पारेको छ । कर्णाली प्रदेशको विवाद त्यहाँको प्रदेश कमिटिले हल गर्नुपर्ने अडान प्रचण्डको रहेको सचिवालयको भनाई छ ।
थापाले प्रेस नाेट जारि गरे लगत्तै प्रचण्ड सचिवालयबाट समेत विज्ञप्ती जारी भएकाे हाे ।
प्रचण्डका प्रेस प्रेस संयोजक विष्णु सापकाेटा जुगलले सार्वजनिक गरेकाे नाेटमा भनिएकाे छ

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।”

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..