किन एउटा स्पर्शमा हजार शब्द व्यक्त गर्न सकिन्छ ? यस्तो निस्कियो अध्ययनको नतिजा

भनिन्छ कि एक स्पर्श १ हजार शब्द बराबर हुन्छ । कहिलेकाहीं एक स्पर्शले पनि मनका सबै कुरा बताउन सक्छ र दुई व्यक्तिबीच न बोल्नु आवश्यक पर्छ न कुनै इसाराको ।

उत्क्रान्तिका क्रममा हामीले स्पर्शको माध्यमबाट आफ्नो भावना व्यक्त गर्न सिकेका हौ। तर के स्पर्श भाषाको विकल्प बन्न सक्छ त ? यही कुरा पत्ता लगाउनका लागि डिपाओ विश्वविद्यालयका प्रोफेसर मैथ्यु हस्र्टिस्टाइनको नेतृत्वमा एउटा प्रयोग गरायो।

यो टोलीले २४८ जना विद्यार्थी छान्यो । यि विद्यार्थीहरुले एक अर्कालाई छुनु थियो र स्पर्श गर्ने तथा स्पर्श महशुस गर्ने विद्यार्थी यस्ता थिए जो पहिले कहिल्यै परिचित थिएनन्। यो प्रयोगमा ४४ महिला र ३१ पुरुषले एक महिलालाई र २५ पुरुष र २४ महिलाले एक पुरुषलाई छोए ।

छुने व्यक्तिलाई आफ्नो स्पर्शको माध्यमबाट फरक फरक भावना, जस्तो कि डर, प्रेम, घृणा, क्रोध, दया, खुसी, दुःख, सहानुभूति र आभार आदिमध्ये कुनै पनि एक भावना व्यक्त गर्नु थियो । उनीहरुलाई दुई स्वयम सेवकको शरीरका भाग जस्तो टाउको, अनुहार, गर्धन, काँध, हात, अँगालो आदि छुन सक्ने बताइएको थियो।

यसपछि स्पर्श महशुस गर्ने व्यक्तिलाई एउटा कागज दिइयो । उसले त्यहाँ कुन प्रकारको भावना कतिपटक महशुस गरेकोबारे लेख्नु थियो । शोधको परिणाम ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म सही निस्क्यो। यो नतिजा यसकारण पनि महत्वपूर्ण थियो कि व्यक्तिको अनुहारको हावभावबाट प्रकट हुने भावनासँग सम्बन्धित शोधको नतिजा मात्र ११ प्रतिशत सफल दर देखाउछ।

स्पर्शको भाषा

स्पर्श एक पेकारको भाषाको काम गर्दछ। स्पर्शको माध्यमबाट हामी करिब करिब सबै प्रकारको भावना व्यक्त गर्न सक्छौ । हात मिलाएर, हात खेलाएर, काँधमा हल्का धाप मारेर, हात समातेर र समात्ने क्रममा दबाव बढाएर वा घटाएर, औलामा स्पर्श गेरर, औला चलाउने लगायतको क्रियाबाट हामी धेरै भावना व्यक्त गरिरहेका हुन्छौ या महशुस गर्दछौ । साथै कसैले यसमा ध्यान पनि दिदैन ।

प्रेम व्यक्त गर्न हात हलुका ढंगले समात्नु, डर व्यक्त गर्न हात जोडले समात्नु, खुसी महशुस गर्ने बेला आफूअगाडिको व्यक्तिको अनुहारमा हात राख्नु, सहानुभूति वा गर्व महशुस गर्ने बेला आफूअगाडिको व्यक्तिको काँधमा धाप मार्नु स्पर्श भाषाकै अंग हो।

स्पर्श र लिंगभेद

पुरुष र महिलाबीच स्पर्शको माध्यमबाट आफ्नो भावना प्रकट गर्ने सिद्धान्त फरक फरक हुन्छ । उदाहरणका लागि यस्तो अत्यन्त कम हुन्छ कि कुनै पुरुष आफूअगाडिको व्यक्तिको अनुहारमा हात लगाओस् तर महिलामा यस्तो अक्सर हुने गर्दछ ।

पुरुष कुनै अर्को पुरुषप्रति सहानुभूति व्यक्त गर्नका लागि स्पर्शको साहरा सामान्यतः लिदैनन् तर महिलाहरु यस्तो गर्दछन्।

बैज्ञानिकहरुकाअनुसार उत्क्रान्तिताका महिला र पुरुषको विकास हुने समयमा दुवैमा भावना व्यक्त गर्ने फरक फरक तरिका विकास भएको हुनसक्छ ।

उक्त प्रयोग अमेरिकाका विद्यार्थीहरुमाथि गरिएको थियो । तर, अन्य मुलुकमा यो प्रयोग गर्ने हो भने नतिजा फरक निस्कन पनि सक्छ । किनभने सामाजिक परिवर्तन र आम क्रियाकलापको असर स्पर्श भाषामा पनि पर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..