नेपालको राजनीतिमा भारतीय हस्तक्षेप, ‘रअ’ प्रमुख गोयल काठमाडौंमा

काठमाडौँ । भारतीय गुप्तचर विभाग ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आइपुगेका छन् । गोयल बुधबार दिउँसो भारतीय चार्टर्ड विमानमा काठमाडौं आइपुगेका हुन् ।
उनी नेपालका नेताहरुसँग भेटघाट गरी आज बेलुका वा भोलि बिहान फर्कने स्रोतले बताएको छ । नेपालमा राजनीतिक अस्तिरता बढाउन रअको प्रमुख भूमिका रहदै आएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तिरक किचलो बढिरहेको समयमा गोलय काठमाडौं आउनुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालको आन्तरीक राजनीतिमा भारतले रअ मार्फत हस्तक्षेप गर्दै आएको छ ।

गोयल आज दिउँसो १ बजे काठमाडौँ आइपुगेका हुन् । रअका प्रमुख काठमाडौं आएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । उनका अनुसार, यो औपचारिक भ्रमण नभई व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्ने छ ।

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको गुपचुप आगमन अर्थपूर्ण छ । भारतीय दूतावासले भने रअ प्रमुख काठमाडौं नआएको जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..