कोरोना संक्रमणमा रेकर्ड ब्रेक पछिल्लो २४ घण्टामा ५७४३ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..