कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै धेरै

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा कोरोनाबाट २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संख्या २४ घन्टामा गुमाउने अहिलेसम्मै धेरै हो । अहिलेसम्म कोरोना संक्रमणबाट देशभर ७ सय ९१ जनाको ज्यान गएको छ ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..