यी हुन् संसारकै सबैभन्दा ‘बुढी’ लञ्जरी मोडल, भन्छिन्–महिला ८० वर्षपछि पनि सेक्सी हुन्छन्

८३ वर्षको उमेरमा लन्जरी लगाएर मोडलिङ गर्ने यी महिला संसारकै सबैभन्दा वृद्धा मोडल हुन् । उनको नाम हो डोरी जैकबसन । उनी यसअघि ‘प्लेब्वाय बनी’ रहने गर्दथिइन् ।

उनका अनुसार यो काम गरेर मात्र उनको आत्मविश्वास बढाउँदिनन् बरु उनी अन्य महिलाहरुलाई पनि प्रेरणा दिन चाहन्छिन् कि ढल्किँदो उमेरका साथ उनीहरु कसरी खुसी रहन सक्छन् ।

उनी भन्छिन्–म ८३ वर्षकी भएँ । म संसारको सबैभन्दा वृद्धा लन्जरी मोडल हुँ । म महिलाहरुलाई प्रेरित गर्नका लागि मोडल बन्ने टुंगोमा पुगेकी हुँ…र म उनीहरुलाई देखाउँछु कि ८० वर्षपछि पनि महिला सेक्सी देखिन सक्छन् ।

उनले अगाडि भनिन्–मलाई लन्जरी मन पर्छ । मेरो ब्वाइफ्रेन्ड यसको दिवाना तर यो म आफ्नो लागि गर्दछु । किनभनेयसबाट मेरो आत्मविश्वास बढ्दछ र चालमा लचिलोपन आउँछ।

उनी त्यसमध्येकी एक हुन्, जो ६० वर्षको उमेरमा पनि संसारमा फेशन ट्रेन्ड बनाउँथिइन् । उनले उमेरका विषयमा गरिने भेदभावविरुद्ध लड्नका लागि सिनियर स्टाइल बाइबल इन्स्टाग्राम पेज बनाइन् ।

उनी भन्छिन्–हामी आफ्नो हजुरआमाहरुबाट निकै फरक छौ । हामी घरमा बसेर मात्र बुनाइको काम गर्दैनौ । हामी विजनेश चलाउँछौ । अनलाइन डेटमा जान्छौ र सेक्स पनि गर्दछौ ।

उनले अगाडि भनिन्–कुनै पनि मानिस बुढो हुन चाहँदैन तैपनि तपाई जिन्दगीको मजा लिन सक्नु हुन्छ। सबै अन्त्य हुने नै छ तर त्यसअघि तपाई केही राम्रो अवश्य गर्न सक्नु हुन्छ ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..