दसैंको मुखमा मस्जित तोडफोड,जुजुकाजी महर्जन पक्राउ

काठमाडौं । काठमाडौँको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड गर्ने जुजुकाजी मर्हजनको समुह पक्राउ परेका छन् । शनिबार बिहान मर्हजनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् । एक सय वर्ष भन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ ।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ । उक्त जग्गाको भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । मस्जिद भत्काइएपछि काठमाडौँमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । यस अघिपनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष उनले बताए ।

यस्तै मस्जिद रहेको काठमाडौँ महानगरपालिका वडा नं। २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् ।

नेपाल मुस्लिम संघले घटनाको विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए ।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायीरुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..