आज २२२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन् । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..