उपत्यकामा मात्र १५३५ जनाका संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण थपिएको छ । दशैंको कारण पिसिआर परीक्षण गर्ने कम भएसँगै सरदर संक्रमितको सख्या भने घटेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जनासहित उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..