आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने दुई श्रीमान पक्राउ

काठमाडौ । आफनै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी नगरपालिका–७ हरहर महादेव नजिक डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका घर भएका ४० बर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले खुकुरी १ थान सहित पक्राउ गरेको छ ।

खत्रीले बुधबार सामान्य विवादमा २८ बर्षीया श्रीमती भगवती खत्रीलाई खुकुरी प्रहार गर्दा घाइते भएकोले उपचारको लागि रोसिको फार्मेसी हरहर महादेवमा लगिएको छ ।

यस्तै ताप्लेजुङको हालस्फुङलिङ नगरपालिका–४ पुरानो गोसलाईन डेरा गरी बस्ने ४० बर्षीय डिल्ली बहादुर खड्कालाई प्रहरीले आफनै श्रीमतीलाई खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ ।

खड्काले बुधबार ३० बर्षीया श्रीमती मनमाया लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि तमोर अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसि।अस्पताल झापामा पठाइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..