लौ पत्ता लाग्यो विवाह भन्ने बित्तिकै टाढा भाग्नेहरुलाई मनाउने उपाय

विवाहको कुरा गर्ने वित्तिकै टाढा भाग्नेहरुलाई मनाउने एउटा उपाय पत्ता लागेको छ। अन्तर्राष्टियस्तरमा गरिएको एक अनुसन्धानले विवाहले शिथिलता र चिन्ताको शिकार भएकाहरुलाई निकै हदसम्म कम गराउने पत्ता लगाएको हो।

न्युजिल्याण्डको ओटागो युनिभर्सिटीका बैज्ञानिक केट स्कांटले संसारभरका ३४ हजार ४ सय ९३ मानिसमा यो शोध गरेका थिए । शोधमा विश्व स्वास्थ्य संगठनद्धार गरिएको वर्ल्ड मेन्टल हेल्थ सर्भेलाई पनि समावेश गरिएको थियो।

अध्ययनकाअनुसार विछोड, सम्बन्ध विच्छेद या मृत्युका कारण जीवनसाथीसंगबाट विछोडिनुले मानसिक स्वास्थ्यमा खराब असर पर्दछ । एक्लै रहनाले महिला आवश्यकताभन्दा बढी नकारात्मक कुरा बढी सोच्न थाल्दछन् र शिथिलताबाट घेरिने गर्दछन्।

स्कांटकाअनुसार संसारभरका मानिसमा गरिएको यो शोधले मानसिक तनावका साथ हिडिरहेका मानिसमा शिथिलता र चिन्ताका स्थल बढ्दैन उनीहरु आफ्नो कामसमेत ठिकसंग गर्न सक्दैनन्। यस्तो अवस्थामा विवाह गर्नु पुरुष र महिला दुवैको मानसिक स्वास्थ्यको हिसावमा निकै राम्रो हुने गर्दछ ।

यसअघि गरिएको एक अध्ययनमा विवाहले केवल महिलाको मानसिक स्वास्थ्यमा राम्रो सुधार हुने बताइएको थियो। यो अध्ययनमा पनि विवाह गर्नाले पुरुषको तुलनामा महिलाको दिनचर्या अझ व्यवस्थित हुने उल्लेख छ। किनभने बालबच्चाको रेखदेखको जिम्मेवारी पनि उनीहरुकै हुने गर्दछ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..