हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी ओसारपसारका लागि हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव दिएको छ ।

केन्द्रले सरकारलाई बुझाएको आफ्नो १८ औँ वार्षिक प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।शाखा अधिकृतभन्दा माथिका सबै कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने र नयाँ भर्ना हुने कर्मचारीलाई हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य गर्दा आर्थिक मितव्ययिता कायम गर्न सहज हुने सुझाव दिइएको केन्द्रका सचिव डा. ऋषिराम शर्माले बताउनुभयो ।

गत वर्षमा जम्मा एक हजार १ सय ७५ उजुरीमध्ये ७ सय ८१ वटा उजुरी पर्छयौट भएका केन्द्रले जनाएको छ । जसमध्ये १ सय ६४ वटा उजुरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..