नक्कली सुन देखाएर लाखौ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौ । काठमाडौंको नागर्जुन नगरपालिका–६ मा नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान पक्राउ परेको जनाएको हो ।

ठगी गर्ने एक जना फरार छन् । परिसर प्रमुख एसएसपी बिश्वराज पोखरेलले पक्राउ परेकाहरुले सुन जस्तो देखिने १ केजी धातुलाई सुन भनेर विश्वस्त बनाएर नागार्जुन निवासी राजेन्द्र थापालाई २८ लाख ६० हजार रुपैयाँ ठगी गरेको बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेका दुई जनाविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ५ दिनका म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले काठमाडौका बिभिन्न स्थानबाट मोवाइल ल्यापटप चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका दुईजनाबाट ३३ थान मोवाईल, टिभि, ५ थान ल्यापटप बरामद गरेको छ । त्यस्तै प्रहरीले भाइवर ईमो, मेसेन्जर लगाएतका माध्यमबाट विदेशी नम्वरको प्रयोग गरी चिठ्ठाको नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको पसिर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका चितवनका अभिसेख गौतम र राम पौडेल रहेको प्रहरीले जनाएको छ । उनीहरुले चिठ्ठा परेको भन्दै करका नाममा पैसा असुल गरेको देखिएको परिसरको भनाई छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..