विश्वमा एकैदिन थपिए ४ लाख ४५ हजार बढी कोरोना संक्रमित

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार ९२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। जससँगै कोरोना संक्रमितको कुल संख्या ४ करोड ४२ लाख २१ हजार ८३३ पुगेको छ।

हिजो अमेरिकामा सबैभन्दा धेरै ७१ हजार ४४४, भारतमा ४२ हजार ९६२, फ्रान्समा ३३ हजार ४१७, ब्राजिलमा २९ हजार ३५३ र बेलायतमा २२ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ हजार ९०१ जनाको मृत्यु भएको छ। जससमध्ये अमेरिकामा ९१५, भारतमा ५१९, ब्राजिलमा ५३०, फ्रान्समा ५२३, अर्जेन्टिनामा ४२९ र रसियामा ३२० जनाको मृत्यु भएको छ। नयाँ थपिएका मृतकसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल मृतक ११ लाख ७१ हजार १४९ पुगेको छ।

यस्तै, विश्वमा अहिलेसम्म ३ करोड २४ लाख २९ हजार ६५९ कोरोना संक्रमणमुक्त भएका छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..