कोरोना नियन्त्रणमा गैरजिम्मेवार बन्दै सरकार, दैनिक अपडेटसमेत नगर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने नियमित प्रेस ब्रिफिङ अब दैनिक नगर्ने भएको छ । सरकारले अब हप्तामा दुइ दिनमात्र प्रेस ब्रिफिङ गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब आइतबार र बुधबार दिउँसो ४ः१५ बजेमात्रै प्रेस ब्रिफिङ राखिएको छ । सरकारले यस अगाडि नै कोरोना संक्रमितको उपचार नगर्ने घोषणा गरीसकेको छ । ७ वटा वर्ग बनाएर सरकारले निःशुल्क उपचार पाउने नागरिकको वर्गिकरणसमेत गरी सकेको छ । यो निर्णयसँगै अब सरकार कोरोना संक्रमितको दैनिक अपडेटबाट पनि पछि हटेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब हप्ताको दुई दिनबाहेक अन्य दिन प्रेस ब्रिफिङ नहुने जानकारी दिए । उनका अनुसार दैनिक नेसनल अपडेट अब नगरेर आइतबार र बुधबारमात्रै गरिने जानकारी दिए ।

२४ घन्टाको अपडेटलाई भने दैनिक ४ः३० बजे वेभसाइट, फेसबुक, भाइबर र मोबाइल एप्समार्फत जानकारी गराउने गौतमको भनाइ छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..