युरोपमा कोरोनाः दैनिक मृत्युदरमा ४० प्रतिशत बृद्धि,संक्रमित चिकित्सकलाइ पनि उपचारमा संलग्न गराइदै

एजेन्सि । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
विस्व स्वास्थ्य सङ्गठनकी प्रवक्ता डा.मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्। अहिले युरोपका सबै अस्पतालका आइसियूहरुले भरिन थालेको मार्गरेटले बताकी छिन् ।
उनका अनुसार रुसमा एकै दिनमा ३२० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक सङ्ख्या बनेको छ। अहिलेसम्म त्यहाँ कोभिडका कारण २६,५८९ जनाको मृत्यु भइसकेको छ।
विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोनाभाइरसबाट सङ्क्रमित चिकित्सकलाई पनि काम गर्न अनुरोध गरेको छ । योसँगै स्पेनमा देशव्यापी सङ्कटकाल घोषणा र रातभरि कर्फ्यु जारी गरिएको छ ।
युरोपका देशमा कोरोना संक्रमणको केन्द्र बनेको इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। मंगलवार मात्र अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।
अमेरिका, भारत, ब्राजिलपछि कोरोनाका धेरै सङ्क्रमित रुसमा रहेका छन्। मङ्गलवारमात्रै त्यहाँ १६,५५० नयाँ सङ्क्रमित भेटिएको छ ।
रुसमा अहिले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य बनाएको छ।
कोरोना संक्रमण बढेसँगै युरोपका विभिन्न देशमा पुन प्रतिबन्ध घोषणा गरेको छ । तर त्यहाँका नागरिकहरुले प्रतिबन्धको बिरोध गरेका छन् । बिरोध स्वारुप उनीहरुले विभिन्न सहर तथा नगरहरुमा प्रर्दशनहरु गरेका छन् ।
युरोपमा कोरोनाको सचेतना तथा नियन्त्रणको राम्रो तयारी भएपनि छिट्टै विभिन्न देशको अस्पतालको बेडहरु बिरामीले भरिने उनले बताइन् ।
डा. ह्यारिसले कोरोनाको दोस्रो लहरमा पहिलेको भन्दा धेरै खतरा हुने अनुमान गरेको बिबिसिलाइ बताइन् ।
कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको उनीहरूले बताएकी छिन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..