मुकेश चौरसियाको हत्याका मुख्य योजनाकार मानिएका पुर्व संसद गुप्ता विरुद्ध मुद्दा दर्ता

काठमाडौं । मुकेश चौरसियाको हत्याका मुख्य योजनाकार मानिएका पूर्व संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ता विरुद्ध मुद्दा दर्ता भएको छ । पिडित पक्षले सरकारी वकिलको कार्यालयमा उनी विरुद्ध मुद्दा दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले उनि विरुद्ध मुद्दा दर्ता गर्न नमानेपछि पिडित पक्षले सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गराएको हो ।
गत बिहिबार नेकपा जिल्ला कमिटिले आयोजना गरेको विन्दवासिनी गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा पार्टीको गाउँपालिका सचिव मुकेश चौरसियाको निधन भएको थियो ।
सपथ ग्रहणमा आफूलाई नसमेटीएको पक्षले विवाद गर्दा झडपमा परेर मुकेश घाइते भएका थिए । उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको थियो ।
मुकेशको मृत्यु पश्चात उनका परिवारका सदस्यले राजकुमार गुप्तासहित ११ जना विरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय गएपनि प्रहरीले उनीहरुको मुद्दा दर्ता भने गरेको थिएन । गुप्ता कार्यक्रममा उपस्थित नभएको कारण उनी विरुद्ध मुद्दा दर्ता गर्न नमिल्ने पर्सा प्रहरीले बताउँदै आएको छ ।
आज मुकेशको मृत्यु भएको सातौँ दिन सरकारी वकिलको कार्यालय मार्फत गुप्तासहित १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको पिडित पक्षले जनाएका छन् ।
सरकारी वकिलको कार्यालयबाट गएको निवेदन प्रहरीले दर्ता गरिसकेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..