कोरोनाबाट आज १७ जनाको मृत्यु, जम्मा सख्या ९ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सख्या ९ सय नाघेको हो । योसँगैनेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..