रेम्डेसिभिर औषधीको कालोबजारी बढेको स्वास्थ्य मन्त्रालयको खुलासा

काठमाडौं । नेपालमा पछिल्लो समय रेम्डेसिभिर औषधीको कालोबजारी बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बजारमा धेरै रेम्डेसिभिर औषधीको कालोबजारी बढेको स्वास्थ्य मन्त्रालयमा सुचना आएको मन्त्रालयले जनाएको छ ।
कोरोना उपचारको लागि नेपालमा रेम्डेसिभिर औषधी प्रयोग हुँदै आएको छ । अहिले यो औषधीको अत्याधिक मात्रामा कालोबजारी भएको मन्त्रालयको जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य मन्त्रीको सल्लाहकार डा.खेम कार्कीले बताए । उनले यो औषधी ल्किनिकल स्टडीको लागि भएको र यसले कुनै प्रभाव पर्दैन भन्दा पनि धेरै कालोबजारी बढेको बताए ।
सरकारले कोरोना नियन्त्रणको लागि नेपालमा रेम्डेसिभिर औषधीको पनि परीक्षण गर्ने अनुमती दिएको थियो । सरकारले यो औषधी कोरोना परीक्षणको लागि अनुमति दिएसँगै अहिले कालोबजारी बढीरहेको छ ।
महामारीको रूपमा फैलिएको कोरोना विरुद्ध १ सय ५४ वटा खोप विकास भइरहेको छ । यी मध्ये ४४ वटा खोप परीक्षणका लागि मानिसमा प्रयोग गरिएको छ । यसबाहेक इबोलाविरुद्ध प्रयोग हुने रेम्डेसिभिर नामक खोप कोरोनाविरुद्धको उपचारमा पनि प्रभावकारी देखिएको बताइएको छ ।
कोरोना सङ्क्रमणका सुरुका दिनमा नेपालमा १ लाख रुपैयाँसम्म रेम्डेसिभिरको खरिदबिक्री भयो तर सरकारले नै यो खोप प्रयोगको अनुमति दिएपछि अहिले एक भाइलको ६ हजार चार सय रुपैयाँ तिर्नुपर्छ । एक पटक मात्रा पुग्ने गरी राखिएको एक सिसीलाई एक भाइल भनिन्छ ।
कोरोना सङ्क्रमित बिरामीलाई दुई चरणमा रेम्डेसिभिर औषधिको थेरापी दिइन्छ । जसमा सामान्य अवस्थामा रहेका बिरामीलाई ५ भाइल र अक्सिजनसहितको बिरामीलाई ११ भाइल दिनुपर्ने चितवनको भरतपुरस्थित कोभिड अस्पतालका संयोजक डा. प्रमोद पौडेल बताउनुहुन्छ ।
नेपालमा रेम्डेसिभिर औषधि आयातका लागि भारतका तीनवटा कम्पनीले मान्यता पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर तोकिएका औषधि पसल र औषधि उद्योगबाट मात्रै यो औषधि चिकित्सकको सिफारिसमा खरिद बिक्रि गर्न भनेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागका अनुसार हालसम्म नेपालमा १५ हजार भाइल रेम्डेसिभिर आइसकेको छ भने बङ्गलादेशबाट १० र भारतबाट ६ हजार भाइल आउँदैछ ।
यसैबीच,नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुलाई रेम्डेसिभिर र प्लाज्मा थेरापी पद्धतिबाट संयुक्त रुपमा गरिएको उपचार प्रभावकारी पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानबाट कोरोना सङ्क्रमितको लागि रेम्डेसिभिर र प्लाज्मा थेरापी दुबै बिधिबाट गरिएको उपचार प्रभाबकारी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिब डा. प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..