जागिर गुमाएका पत्रकारलाइ वैकल्पिक व्यवस्था गर्न पत्रकार महासघको माग

काठमाडौं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा बसाइका श्रमजीवी पत्रकारहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले देशमा पत्रकारको अहिलेको अवस्थाका विषयमा अर्थमन्त्री पौडेललाई जानकारी गराउँदै यस्तो माग गरेको हो । आचार्यका अनुसार देशभर जागिर गुमाउने र वेतलवी विदामा बसाइका झण्डै ११ सय पत्रकार छन् ।
अर्थमन्त्री विष्णु पौडेललाई उनकै कार्यकक्षमा भेटेर पत्रकार महासंघले लेखन वृत्ति, श्रमजीवि पत्रकार ऐन तथा नियमावली कार्यान्वयन र ऐन तथा नियमावली कार्यान्वयन गर्ने सञ्चार प्रतिष्ठानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ ।
महासंघले ऐन तथा नियमावली कार्यान्वयन नगर्ने सञ्चारप्रतिष्ठानलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत, विज्ञापन उपलब्ध नगराउन र कर तथा नवीकरणमा दिँदै आएको सहुलित पनि खारेज गर्न आग्रह गरेको छ ।
पत्रकार महासंघको सुझाव पत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालयको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताएका छन् । उनले सुझाव कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल गरेर फेरि एक पटक महासंघको नेतृत्वसँग छलफल गरिने बताएका छन् ।
महासंघले जेष्ठ पत्रकारलाई जीविकोपार्जन भत्ता यहीँ वर्षदेखि लागू गर्न पनि माग गरेको छ ।अर्थमन्त्रीसँगको भेटवार्तामा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, लेखा समिति संयोजक रोसन पुरी, सचिवत्रय रामप्रसाद दाहाल, प्रकाश थापा र रेमबहादुर विश्वकर्मा तथा कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..