कोरोना कहरः ब्रिटेनमा दोस्रो चरणको लकडाउनको तयारी

एजेन्सी । विश्व कोरोना भाइरसको कारण आक्रान्त भउको छ । कोरोना भाइरसको कारण धेरै औषधीहरु परीक्षणमा रहेको भएपनि अहिलेसम्म कुनै पनि औषधी सफल भएको छैन ।
कोरोना भइरसको बढ्दो संक्रमणका कारण ब्रिटेनमा पुनः लकडाउन हुने सम्भावना बढेको छ । आगामी सोमबार प्रेस कन्फ्रेन्सको आयोजना गरी प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गर्न सक्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
प्रधानमन्त्री जनसनका वैज्ञानिक सल्लाहकारहरुले मुलुकलाई कोरोनाबाट बचाउने एक मात्रै उपाय लकडाउन भएको बताएका छन । सेज समिति अर्थात साइन्टिफिक एड्भाइजरी ग्रुप फर इमर्जेन्सिजका वैज्ञानिकहरुले ‘कल नम्बर टेन’ नामक तथ्यांक प्रस्तुत गर्दै कोरोना महामारी आफुहरुले सोंचेको सबैभन्दा खराब स्थितिभन्दा पनि तिब्र गतिका साथ बढिरहेको बताएका छन ।
अहिले ब्रिटेनमा कोरोना संक्रमणको दर निकै तिब्र बनेको छ । ब्रिटेनमा लागु गर्ने सम्भावना रहेको भनिएको लकडाउन कस्तो हुने र कहिलेसम्म लागु हुने भन्ने बारे भने केही खुलाइको छैन । समाचारहरुका अनुसार अत्यावश्य बस्तुहरुको पसल बाहेक सम्पूर्ण ब्यापारिक संस्थाहरु बन्द हुने सम्भावना रहेको छ ।
त्यसैगरी शैक्षिक संस्थाहरु पनि बन्द हुने सम्भावना रहेको छ । प्रबल सम्भावनाका साथ नजिकिएको लकडाउनका कारण प्रधानमन्त्री जनसन र अर्थमन्त्री ऋषि सुनक अर्थब्यवस्था नराम्ररी बिग्रने भन्दै चिन्तित बनेको समाचारहरुमा उल्लेख छ । यसअघिको लकडाउनले ब्रिटेनको अर्थब्यवस्था नाजुक अवस्थामा पुगिसकेको छ ।
त्यस्तै विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा कोरोना भाइरस भयानक अवस्थामा पुग्ने चेतावनी दिएका छन् । पछिल्लो समय युरोपमा कोरोना संक्रमण तथा मृत्युदर बढीरहेको छ ।
स्वास्थ्य सचिव मेन हेटकेक र वरिष्ठ मन्त्री माइकल गोवेद्वारा समर्थित वैज्ञानिकहरुले लकडाउन नगरे अहिलेको जाडोमा ८५ हजार मानिसको मृत्यु हुने सम्भावना ब्यक्त गरेका छन । उनीहरुका अनुसार लकडाउन नै एक मात्र विकल्प हो । यही लकडाउनको उपायले मात्रै अस्पतालका बेडहरु भरिनबाट रोक्न सकिने वैज्ञानिकहरुलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..