शिक्षकले समय नदिँदा सिकाई उपलब्धिमा सामुदायिक बिद्यालय कमजोर

काठमाडौ । विद्यार्थीको सिकाई उपलब्धिमा निजि विद्यालयको भन्दा सामुदायिक बिद्यालय कमजोर देखिएको छ ।

बिहीबार शिक्षा मन्त्रालयमा शैक्षिक गुणस्तर परिक्षण केन्द्रले सार्वजनिक गरेको कक्षा आठको सिकाइ उपलब्धि परिक्षण प्रतिवेदनमा सामुदायिक बिद्यालय कमजोर देखिएको हो ।

सिकाइको विभिन्न स्तरमा विद्यार्थीको प्रतिशत मापन गर्दा समग्रमा सामुदायिक बिद्यालयमा पढ्ने विद्यार्थीको तुलनामा निजि बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च देखिएको छ । शैक्षिक गुणस्तर परिक्षण केन्द्रले कक्षा आठमा अध्ययन गरिरहेका २६ जिल्लाका ४६२६६ विद्यार्थीको नेपाली गणित र बिज्ञान विषयको सिकाइ उपलब्धि मापन गरिएको थियो ।

विद्यार्थीहरुलाई विषयगत प्रश्न र विद्यार्थीको पृष्ठभूमि प्रश्न गरि फरक फरक तरिकाले सोधिएको थियो । वर्ग,क्षेत्र,भूगोल,जातिय आधार,इन्टरनेट पहुच,लैङ्गिक आधार तथा प्रदेश संरचनाका आधारमा प्राप्त नतिजा विश्लेषण गरिएको केन्द्रले जानकारी दिएको छ ।
विद्यार्थीको सिकाइ उपलब्धिको आधारमा औशतअंकको ५०० लाई मानक अंक बनाइएको मा निजि बिद्यालयमा पढ्ने विद्यार्थीको सिकाइ उपलब्धिले ५२० अंक प्राप्त गरेका छन् भने सामुदायिक बिद्यालयमा पढ्ने विद्यार्थीको सिकाई उपलब्धि ४९५ रहेको छ ।

अध्ययन प्रतिवेदनको सारांश विश्लेषणमा २०१३ मा गरिएको र २०१७ मा गरिएको अध्ययनमा समेत सामुदायिक बिद्यालय प्रगति उन्मुख देखिएको छैन । २०१३ को परिक्षणमा नेपाली गणित र विज्ञानमा क्रमस ४९५,५०८ र ५०२ अंक थियो भने अहिलेको परिक्षणमा ५०४,४९२,र ४९९ अंक छ । गणित र बिज्ञानको अंक घटेको छ । सरकारले विभिन्न दात्री निकायको सहयोगमा बिद्यालय क्षेत्र बिकाश कार्यक्रम संचालन गर्दै आएको छ ।

मुलुक भरका १९५० वटा बिद्यालयमा गरेको यो परिक्षण ले देखाएको नितिजले शिक्षामा गरेको लगानी खेर गएको पुष्टि हुन्छ । प्रदेशका आधारमा विश्लेषण गर्दा समग्रमा प्रदेश नं ३ का विद्यार्थीको सिकाई उपलब्धि उच्च देखिएको छ । सार्वजनिक प्रतिवेदनमा नेपालीमा प्रदेश नं २ कमजोर, गणितमा प्रदेश नं ६ र विज्ञानमा प्रदेश नं १ कमजोर देखिएको छ। प्रदेश ४को भने सिकाइ उपलब्धि भने औसत देखिएको छ ।
शैक्षिक गुणस्तर परिक्षण केन्द्रले शैक्षिक सत्र २०६८ देखि नियमित रुपमा विद्यार्थीको सिकाई उपलब्धि परिक्षण गर्दै आएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..