खर्चिलो अमेरिकी निर्वाचन, सबैभन्दा बढी खर्च सञ्चारमाध्यममा

एजेन्सी । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको निर्वाचनमा अधिक खर्च हुने गर्दछ । विश्वकै शक्तिशाली पद अमेरिकाको राष्ट्रपतिको निर्वाचनका लागि हुने चुनाव अधिक खर्चिलो हुने गरेको बिबिसीले जनाएको छ ।
गत राष्ट्रपतिय निर्वाचनमा अनुमानित ६.५ अर्ब डलर खर्च भएको थियो । विश्वमा फैलिएको कोरोना भाइरसको कारण यो पटकको निर्वाचन केही फरक हुने बताइएको छ । अमेरिका कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित र मृत्यु भएको राष्ट्र हो ।
पहिलेको भन्दा यो चुनाव केही फरक हुने आकल गरेपनि खर्चको रेसियो उतिकै भइरहेकोे पाइएको छ । विगत ५ वटा निर्वाचनमा अमेरिकामा उम्मेद्धारले औसत २ अर्ब डलर खर्च गर्ने गर्ने गरेका छन् ।
अमेरिकी चुनावमा सबैभन्दा बढी खर्च सञ्चारमाध्यमा गर्ने गर्दछ । सञ्चारमाध्यमबाट हुने प्रचार प्रसारमा सबैभन्दा बढी खर्च हुने गर्दछ । त्यसमा पनि टीभी विज्ञापनमा धेरै खर्च हुने गर्दछ । पछिल्लो समय डिजिटल अनलाइहरुमा पनि उतिकै खर्च हुन थालेका छन् ।
सञ्चार माध्यम पछि चुनावमा कर्मचारीलाइ बढी खर्च गर्ने गर्दछ । हिलारी क्लिन्टनले २०१६ को चुनावमा अनुमानित ८.५ करोड डलर कर्मचारीलाइ खर्च गरेकी थिइन् ।
तेस्रोमा चुनावी अभियानमा खर्च हुने गर्दछ । गत चुनावमा ट्रम र क्लिन्टनले सरदर ४ अर्ब डलर खर्च गरेका थिए ।
यति धेरै खर्च हुने अमेरिकी चुनावको खर्चको स्रोत भनेको चन्दा वापत उठेको रकम हो । गत निर्वाचनमा खर्च भएको रकममध्ये एक तिहाइ रकम २०० डलरभन्दा कम चन्दा दिने नागरिकबाट उठेको थियो । अमेरिकामा चन्दा दिने पनि नियम छन् । एक व्यक्तिले २८ सय डलरभन्दा बढी रकम चन्दा दिन पाउँदैनन् । तर यो नियम दलको कोषमा दिने चन्दामा भने लागु हुदैन ।
अमेरिकामा २ सयभन्दा कम मानिसले १ अर्ब डलर चन्दा उठाइदिएका छन् । चन्दा उठाउनको लागि दल र उम्मेद्धारले पनि आफ्नो समिति बनाएको हुन्छ । निर्वाचनको लागि चन्दा भने अमेरिकी नागरिकले मात्र दिन पाउने बिबिसीले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..