नेकपाभित्रको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने

नेकपा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने भएको छ ।

हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा छलफल गर्ने निचोड निकालिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा कर्णालीको विषय, रअ प्रमुख सामन्त गोयलको नेपाल आगमन र प्रधानमन्त्रीसँग भेटवार्ताको विषयका साथै पर्सा घटना र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको थियो । यी देखिएका विवाद सचिवालय बैठकमा छलफल गर्न दुवै अध्यक्ष सहमत भएपनि सचिवालय बैठक बोलाउने मिति भने तोकिएको छैन ।

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको अवस्थामा हिजो दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटभएको हो ।

विश्लेषकहरुले देशको नेतृत्व गरिरहेको पार्टीका नेताहरुकाबीचमा देखिने गरेका विवादले पार्टीलाई दुर्घटनातर्फ लगेको संकेत गर्ने बताएका छन् ।

विश्लेषक श्याम श्रेष्ठले नेताहरुको विवादकाकारण पार्टीमा फाटो आउने र यसले समग्र देशकै राजनीतिलाई असर पार्न सक्ने टिप्पणी गर्नुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..