कोरोना सङ्क्रमित बिरामीले धरौटी बुझाए मात्रै उपचार हुने

काठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गरेको कोरोना सङ्क्रमणको दरका कारण बिरामीहरुलाई उपचार पाउन समस्या हुन थालेको छ ।

अस्पतालहरुले कोरोना सङ्क्रमित बिरामीहरुसँग धरौटी लिन थालेपछि सामान्य नागरिकलाई उपचारमा अप्ठयारो परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचारका लागि धरौटी लिन थालेको छ ।

निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना सङ्क्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ ।

यसअघि धुलिखेल अस्पताल, बिपी स्वास्थ्य प्रतिष्ठान लगायतका अस्पतालले पनि कोरोना सङ्क्रमित बिरामीको उपचारकालागि धरौटी लिने भनी सूचना जारी गरेर शुल्कलिनथालेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..