उपत्यकामा मात्र १,६२२ जना संक्रमित थपिए

 

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै भेटिदै आएको छ । आज काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनाजनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

देशभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।त्यसमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना सक्तमणमुक्त भएका छन् ।

 

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..