राजस्थान आइपीएलको समूह चरणबाटै बाहिरियो, कोलकातासँग ६० रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ। कोलकोताले दिएको १९२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३१ रन मात्रै बनायो। ​

राजस्थानका लागि जस बटलरले सर्बाधिक ३५ रन बनाए भने राहुल तेबाटियाले ३१ रन बनाए।​ कोलकोताका बलर पाट कमिन्सले ४ विकेट लिए भने वरुण चक्रवर्ती र शिभम मावीले २-२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएको थियो।​ कोलकोताका लागि कप्तान इयोन मोर्गनले अविजित ६८ रन बनाए भने राहुल त्रिपाठीले ३९, शुभम गिलले ३६ रन बनाए। त्यस्तै आन्द्रे रसेलले २५ र पाट कमिन्सले १५ रन बनाएका थिए।

राजस्थानका बलर राहुल तेबटियाले ३ विकेट लिएका थिए भने कार्तिक त्यागिले २ तथा जोफ्रा आर्चर र श्रेयस गोपालले एक एक विकेट लिए।

यो जितसँगै कोलकोताको प्लेअफमा पुग्ने सम्भावना जीवित रहेको छ। कोलकोताको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ।

त्यस्तै यो हारसहित राजस्थान प्रतियोगीताबाट बाहिरिएको छ। राजस्थानले १४ खेलमा ६ जित र ८ हार बेहोर्दै प्रतियोगिता सकेको छ।

आइपिएलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..