नेकपाको विवाद फेरि उत्कर्षमा, दोस्रो तहका नेता विवाद मिलाउन सक्रिय

नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि विभाजनको नजिक पुगेको भन्दै बिभिन्न गुटका शीर्ष नेता अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू हिजो प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । भेलाले नेकपालाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले पार्टी अलग गरेर जाउँ भनेर प्रस्ताव गरेको अध्यक्ष प्रचण्डले अरु नेतालाई जानकारी गराउनुभएको थियो । ओली पक्षका नेताहरूले भने पूर्व एमालेबीच देखिएको ध्रुवीकरण मिलाउनका लागि पुराना नेता प्रदीप नेपालसँग अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीका सल्लाहकारहरू सूर्य थापा, राजन भट्टराई, विष्णु रिमाल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललगायत नेताहरू हिजो नेता नेपालको निवासमा पुग्नुभएको थियो ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले भने नेकपामा तत्काल फुटको स्थिति नभएको टिप्पणी गर्नुभयो । पार्टीलाई फुटबाट जोगाउनका लागि सबै नेता कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..