संसद अधिवेशन बोलाउने बारेमा काँग्रेसले आज निर्णय गर्ने

काठमाडौं । पार्टीभित्रको विवाद र वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अनौपचारिक बैठक आज बस्दैछ ।

बैठकमा संसद अधिवेशन बोलाउने बारेमा समेत छलफल हुने काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले बताउनुभयो । आजको बैठकबाट संसद अधिवेशनको बारेमा निर्णयमा पुगिने पनि उहाँको भनाइ छ ।

दसैँअघिको अनौपचारिक बैठकले नै संसदको अधिवेशन बोलाउने निर्णय काँग्रेसले गरिसकेको थियो । काँग्रेसको केन्द्रीय समितिको बैठक यही कात्तिक २१ का लागि बोलाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषय र महाधिवेशनको तयारीकाबारेमा छलफल गर्न पदाधिकारी, पूर्वपदाधिकारीसहितको बैठक आजका लागि बोलाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..